बंगलादेशका हिन्दु धर्मावलम्बीको पक्षमा काठमाडौँमा एकता भेला

बंगलादेशका हिन्दु धर्मावलम्बीको पक्षमा काठमाडौँमा एकता भेला

बंगलादेशका हिन्दु धर्मालम्बीहरुमाथि थिचोमिचो गरिएको आरोप लगाउँदै नेपालका हिन्दुवादीहरुले आपत्ति जनाएका छन् । 

अल्पसंख्यक हिन्दु समुदायमाथि श्रंखलाबद्ध आक्रमण भइरहेको जनाउँदै हिन्दु, बौद्ध, शिख, जैनलगायतका धार्मिक संस्थाले आज संयुक्तरुपमा घटनाको निन्दा र भत्सर्ना गरेका हुन् । उनीहरुले काठमाडौंस्थित बंगलादेशी राजदूतावास, सरोकारवाला निकाय र मानवअधिकारवादी संस्थालाई यसबारे ध्यानाकर्षण गराउने निर्णयसमेत गरेका छन् ।  

आज राजधानीको एक विशेष स्थानमा विशेष बैठकको आयोजना गर्दै उनीहरुले बंगलादेशका धार्मिक अल्पसंख्यकमाथिको अत्याचारविरुद्ध आवाज उठाउने निर्णय गरेको सहभागी एक जना प्रतिनिधिले जानकारी दिए ।

टिप्पणीहरू