सेनाको चार वटा जहाज चारतिर उडाईंदै

सेनाको चार वटा जहाज चारतिर उडाईंदै

नेपाली सेनाले आज बिहानदेखि मुलुकका विभिन्न भागमा हेलिकोप्टर र स्काई ट्रक उडाउने भएको छ । बिहान साढे १० बजे रक्षामन्त्री मानवीर राईसहितको टोली बोकेर एनए ०६६ बेल हेलिकोप्टर काठमाडौंबाट इलाम जाने कार्यक्रम रहेको छ ।

इलाम ब्यारेकमा रोकिएपछि माङ्सेबुङ र झापाको चन्द्रगढी हुँदै हेलिकोप्टर बिराटनगरमा इन्धन भर्न अवतरण गर्ने छ । त्यसपछि पुनः माङ्सेबुङ पुगेर काठमाडौं फर्कने रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

कल साइन एनए ०३८ रहेको एमआई हेलिकोप्टर बिहान पौने १० बजे काठमाडौंबाट धादिङको बैरेनी जाने छ । त्यसपछि मैथली क्याम्प त्रिशुली पुगेर दिउँसो सिन्धुपाल्चोकको मेलम्ची हुँदै काठमाडौं आउने क्रममा काभ्रेपलाञ्चोकको पाँचखालमा केहीबेर रोकिने छ । उक्त उडान सेनाको कमाण्ड तालिमअन्तर्गत हुन लागेको बुझिएको छ ।

अर्को हेलिकोप्टर एनए ०६२ कासा बिहान ११ बजे को–पाइलट ट्रेनिङ अन्तर्गत काठमाडौंबाट जनकपुुर, राजबिराज,विराटनगर हुँदै अपरान्ह काठमाडौं फर्कने छ । स्काइ ट्रक एनए ०६३ बिहान ११ बजे काठमाडौंबाट भरतपुर,मेघौली जाने कार्यक्रम रहेको बताइन्छ । यो उडान पनि को–पाइलट ट्रेनिङअन्तर्गत हुन लागेको हो ।

टिप्पणीहरू