मन्त्रीद्वारा मध्यरातमा विमानस्थल अवलोकन

मन्त्रीद्वारा मध्यरातमा विमानस्थल अवलोकन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्नुभएको छ । उहाँ हाल भइरहेको विमानस्थल स्तरोन्नति कार्यको स्थलगत निरीक्षणका लागि राति १० बजे त्यहाँ पुग्नुभएको बताइन्छ । 

मन्त्रीसँगै निरीक्षणमा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी, मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलगायत विमानस्थल पुगेका थिए । झण्डै दुई घण्टाको निरीक्षणपछि मन्त्रीको टोली मध्यरात १२ बजे विमानस्थलबाट बाहिरिएको थियो ।

टिप्पणीहरू