भुटानी रानी र अधिराजकुमारी आउने, पाँच घण्टा नेपालमा बिताउने

भुटानी रानी र अधिराजकुमारी आउने, पाँच घण्टा नेपालमा बिताउने

भुटानकी रानी जेस्टुन पेमा वाङचुक र अधिराजकुमारी आशी एउफेल्मा छोडेन वाङचुक स्वयम्भूनाथ र बौद्धनाथको पूजापाठ गर्न काठमाडौं आउन लागेका छन् । यसअघि भुटानी नरेश जिग्मे खेसार नाम्ग्याल हिजो एक घण्टाको लागि काठमाडौं आउने भनिएको थियो ।

उता त्यहीबेला दिल्लीबाट राजा थिम्पु फर्कने क्रममा काठमाण्डौ पस्ने तालिका पनि मिलाइन सक्छ । रानी र अधिराजकुमारी बिहान १० बजे कतारको राजधानी दोहाबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भ्रमण तालिका छ । सात जनाको टोली स्वयम्भूनाथ र बौद्धनाथ दर्शनपछि साढे २ बजे विमानस्थल पुग्ने र स्वदेश प्रस्थान गर्ने बुझिएको छ ।

बिहान स्वयम्भूनाथ र मध्यान्ह बौद्धनाथको दर्शन तथा पूजापाठ गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भुटानी रानी र अधिराजकुमारीको छोटो काठमाडौं यात्रामा सुरक्षा प्रबन्ध मिलाउन सेना, प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले अस्ति विमानस्थलमा रिहर्सल गरेको थियो ।

टिप्पणीहरू