अदालतको फैसलाविरुद्ध सञ्जालमा लेखे कारबाही

अदालतको फैसलाविरुद्ध सञ्जालमा लेखे कारबाही

अदालतको फैसलाउपर टिकाटिप्पणी गर्ने कानून व्यवसायीमाथि कारबाही हुने भएको छ । 

नेपाल कानून व्यवसायी परिषद्ले अदालतको आदेशविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । परिषद्ले फेसबुकलगायत सामाजिक सञ्जालमा अदालत तथा न्याय प्रणालीप्रति अनास्था पैदा गर्ने काम नगर्न अनुरोध गर्दै आएको छ ।

 तर, अधिकांश कानून व्यवसायीले अटेरी गरेपछि मंसिर १४ गते बसेको बैठकले अब त्यस्ता कार्य गरेमा आचरणसम्बन्धी कारबाही गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ । 

‘अब उप्रान्त पनि सामाजिक सञ्जालमा कानून व्यवसायीको आचरणसम्बन्धी नियमावली, २०७९ विपरीत हुने कुनै कुरा प्रकाशन वा प्रशारण भएमा परिषद् सचिवालयले जानकारीमा लिई प्रतिवेदन उठाई आचरणसम्बन्धी कारबाही अगाडि बढाउने व्यहोरा परिषद्को मिति २०८१–०८–१४ गते सम्पन्न बैठकको निर्णयानुसार अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू