मन्दिरको घण्ट लिलाम गर्ने निर्णय फिर्ता
- कमल भट्टराई
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा चढाइएका घण्टहरु लिलाम नगरिने भएको छ । नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुमध्येको एक पाथीभरा मन्दिरमा भक्तजनहरुले चढाएका घण्ट थुप्रिएपछि यसअघि लिलाम गर्न लागिएको थियो ।
पाथीभरा क्षेत्र विकास समितिले २०८० श्रावण १२ गते लिलाम बिक्री गर्ने निर्णय गरेको गियो भने सोही वर्ष माघ ३ गते मूल्य निर्धारण तथा सिफारिस समितिले मूल्य सिफारिस गरेको थिो । सोहीबमोजिम गत मंसिर १४ गते राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिएको हो ।
उक्त सूचना तत्कालका लागि स्थगित गरिएको विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताए । उनले जारी गरेको प्रेस विज्ञाप्तिमा भक्तजन तथा दाताहरुबाट प्राप्त सुझाव अनुसार पहिलेको निर्णय तत्काललाई स्थगन गरिएको उल्लेख छ । थप छलफलपछि मात्र आवश्यक लिइने उनले जानकारी दिए ।

टिप्पणीहरू