एमाले-मीनबहादुर जग्गा दानसम्बन्धी मुद्दा ४ नम्बर इजलासमा

एमाले-मीनबहादुर जग्गा दानसम्बन्धी मुद्दा ४ नम्बर इजलासमा

भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङले सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दान गरेको विवाद सम्बन्धी मुद्दा आज पेसी चढेको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र  नित्यानन्द पाण्डेको ४ नम्बर इजलासमा सुनुवाईका लागि पेशी तोकिएको हो । पेशी सूचिको 'ध' नम्वरमा रहेको मुद्दा पालो आउने सम्भावना भने कम देखिन्छ ।

अधिवक्ता ज्ञान बस्नेतले कात्तिक ७ गते दर्ता गरेको मुद्दामा १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । त्यसयता सात पटक पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आएको छ । 

एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै पेश भएको रिट शुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठविरुद्ध निवेदन परेपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएको थियो।

भ्रष्टाचारमा दोषी ठहर भएका मीनबहादुर गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दान लिनु भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐन विपरीत भएको जिकिर रिटमा गरिएको छ ।

गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा आधा अर्ब बढी मूल्य पर्ने जमिन दान गरेर पार्टी कार्यालय भवन पनि बनाइदिने घोषणा गरेका छन् । असोज २५ गते गुरुङलाई समेतउपस्थित गराई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भवन शिलान्यास गरेका थिए ।
 

टिप्पणीहरू