मुलुकबाट भागेका सिरियाली राष्ट्रपति मस्कोमा

मुलुकबाट भागेका सिरियाली राष्ट्रपति मस्कोमा

विद्रोही सेनाले राजधानी दमास्कस कब्जा गरेपछि भागेका सिरियाली राष्ट्रपति बसर अल असद रुसको शरणमा पुगेका छन् । 

सिरियाली राष्ट्रपति असद परिवारका सदस्यसहित मस्को पुगेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । विद्रोही सेनाले हिजो राजधानी कब्जा गर्नुअघि नै राष्ट्रपति परिवारका सदस्यसहित राजधानीबाट भागेका थिए ।

यता अमेरिका, बेलायत, युरोपियन युनियनलगायत पश्चिमा राष्ट्रले सिरियामा असदलाई सत्ताच्युत गराएकोमा विद्रोही सेनाको समर्थन गरेका छन् ।

टिप्पणीहरू