कीर्तिपुरमा सातगाउँले जात्राको बिदा
काठमाडौंको कीर्तिपुर नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै स्थानीय सातगाउँले (न्हेगाँ) जात्राको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको जनाएको छ ।
सूचनामा भनिएको छ,‘मिति २०८१ साल मंसिर २५ गते मंगलबार स्थानीय परम्परागत सातगाउँले (न्हेगाँ) जात्राको अवसरमा कीर्तिपुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने कीर्तिपुर नगरपालिका नगरकार्यपालिकाबाट मिति २०८१–०८–२३ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
चन्द्रागिरी नगरपालिका र कीर्तिपुर नगरपालिकाभित्र हरेक वर्ष यो जात्रा मनाइन्छ । एकै समयमा सात गाउँमा मनाइने भएकाले यसलाई सातगाउँले जात्रा भनिएको हो । कीर्तिपुर, पाँगा, नगाउँ, ल्होंखा, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा उक्त जात्रा मनाउने गरिन्छ ।
टिप्पणीहरू