लाइसेन्स विवरण संशोधन प्रदेश यातायात कार्यालयबाट
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रमा बायोमेट्रिक बाहेकका सबै विवरण प्रदेश सरकारबाट सच्चाउन मिल्ने व्यवस्था गरेको छ । सेवाग्राहीको सहजतालाई मध्यनजर गर्दै उक्त व्यवस्था गरिएको विभागले जनाएको छ ।
नेपालको संविधान, २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापनसम्बन्धी अधिकार प्रदेशलाई दिएको छ । सोहीअनुसार विभागको गत मंसिर १० गतेको बैठकले सो निर्णय गरेको हो । विभागले अबउप्रान्त बायोमेट्रिक बाहेकका सबै विवरण प्रदेशको यातायात व्यवस्था कार्यालयबाट सच्चाउन सकिनेबारे सेवाग्राहीलाई सूचित गराएको छ ।
जारी सूचनामा भनिएको छ,‘सवारी चालक अनुमतिपत्र व्यवस्थापनसम्बन्धी कार्यकै रुपमा सवारी चालक अनुमतिपत्र आवेदकहरुको बायोमेट्रिक बाहेकका विवरण सच्याउने कार्य प्रदेश मातहतका यातायात व्यवस्था तथा सेवा कार्यालयहरुबाट सम्पादन हुँदा मात्र आम नागरिक र सेवाग्राहीलाई सहज हुने र सेवा प्रवाहको दृष्टिले समेत प्रभावकारी हुने देखिएकोले सो कार्य तत् कार्यालयहरुबाट नै हुनेगरी व्यवस्था गरिएको छ ।’
टिप्पणीहरू