काठमाडौँमा मानव अधिकारवादीहरुको र्याली

काठमाडौँमा मानव अधिकारवादीहरुको र्याली

 ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

मानव अधिकारवादी संघ संगठनहरुले माईतीघर, रत्नपार्कलगायतका स्थानमा आज बिहान र्याली निकालेका हुन् । र्यालीमा सहभागी हुँदै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले 'आर्थिक, सामाजिक र वातावरणीय अधिकार, सीमान्तकृत समुदायका मानव अधिकार' भन्ने नारासहित यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइने बताए । 

सामाजिक न्यायको हकअन्तर्गत आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछि परेका महिला, दलितलगायत सीमान्तकृत समुदायको राज्यका निकायमा सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने उनको भनाई छ । सीमान्तकृत समुदायले प्राप्त गर्न नसकेको अधिकारहरुको सुनिश्चितताका लागि आवाज उठाउनुपर्नेमा अध्यक्ष मगरले विशेष जोड दिए । 

मानव अधिकारकर्मीहरुले 'घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार', 'जलवायु न्याय अहिलेको आवश्यकता' लेखिएका प्लेकार्ड देखाएका छन् ।

विश्वका मानव जातिले बिना भेदभाव समान ढङ्गले सबै मानव अधिकार निर्वाध रूपमा उपभोग र अभ्यास गर्न पाउनु पर्दछ भन्ने उद्धेश्यका साथ सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसङ्घले 'मानव अधिकारको विश्वव्यापी घोषणापत्र' जारी गरेको दिन हरेक वर्ष यो  दिवस मनाउने गरिएको छ ।
 

टिप्पणीहरू