पत्रकारको चुनावमा गठबन्धनलाई जिताउन कांग्रेस–एमालेको अपिल

पत्रकारको चुनावमा गठबन्धनलाई जिताउन कांग्रेस–एमालेको अपिल

पत्रकार महासंघको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाली कांग्रेस र नेकपा एमालेले अपील गरेका छन् । 

दुबै पार्टीको मकवानपुर जिल्ला समितिले आज संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसको प्रेस युनियन र एमालेको प्रेस चौतारीका तर्फबाट उठेका उम्मेदवारलाई भोट मागेका हुन् । विज्ञप्तिमा पत्रकारहरुको पेशागत हकहित र मर्यादा कायम राख्न तीन तहमा गठबन्धनको तर्फबाट संयुक्त प्यानलका उम्मेदवारले जित्नु अत्यन्त जरुरी रहेको जनाइएको छ । 

‘दुवै संगठनले अघि सारेका उम्मेदवारको पक्षमा इमान्दारितापूर्वक मतदान गर्न हामी सम्पूर्ण पत्रकार साथीहरुमा आग्रह गर्दछौँ’, कांग्रेस जिल्ला अध्यक्ष बुद्ध लामा र एमाले अध्यक्ष श्रीधर पोखरेलले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।  

पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्व चयनका लागि पर्सि शुक्रबार देशभर एकैसाथ मतदान हुँदैछ । निर्वाचनमा मुख्यतः दुइवटा प्यानलबीच प्रतिस्पर्धा हुने अवस्था छ । 

प्रेस युनियन र प्रेस चौतारीले तीनै तहमा साझा उम्मेदवार उठाएका छन् भने युनियनकै विद्रोही समूहलाई अघि सारेर माओवादी केन्द्रको प्रेस सेन्टर निर्वाचनमा होमिएको छ ।

टिप्पणीहरू