कालिकास्थानको गन्तव्य पेट्रोल पम्पमा शिलबन्दी
मिसावटयुक्त इन्धन बिक्री गरेको आशंकामा रसुवाको कालिकास्थानस्थित गन्तव्य पेट्रोल पम्पमा शिलबन्दी गरिएको छ । उक्त पम्पमा तेल हालेका गाडी तथा मोटरसाइकलको इञ्जिन बिग्रिएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि बन्द गराइएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अनुसन्धान पूरा नभएसम्म पेट्रोल नबेच्न निर्देशन दिइएको बताए । पम्पमा तेल हालेका केही सवारी साधनले कालो धुवाँ फालेपछि उपभोक्ताले अपराह्न प्रहरीमा लिखित उजुरी हालेका थिए । त्यसपछि छानबिनका लागि इन्धन बिक्रीमा रोक लगाएको स्थानीय प्रशासनले परीक्षणका लागि डिजेल र पेट्रोलको नमूना संकलन गरेर लगेको छ ।
इन्धनमा मिसावट गरेको प्रमाणित भएमा पहिलो पटक एक लाख रूपैयाँ जरिवानासहित एक महिनासम्म पेट्रोल पम्प बन्द गरिने कानूनी प्रावधान छ ।
टिप्पणीहरू