विज्ञापन कर उठाउन नगरपालिकाको ताकेता
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले नगर क्षेत्रभित्र विज्ञापन सामग्री राखेका व्यक्ति, संघसंस्था तथा कम्पनीलाई कर तिर्न निर्देशन दिएको छ ।
आज सार्वजनिक सूचना निकालेर नगपालिकाले अनुमति नलिई वा विज्ञापन कर नबुझाई होर्डिङ बोर्ड, फ्लेक्स, ब्यानर, डिस्प्ले बोर्ड, परिचयपाटी, वालसटर पेन्ट्स, लोगोलगायत राख्नेलाई आगामी ३० दिनभित्र सम्पर्कमा आउन भनेको छ ।
‘यस नगर क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नगरपालिकाको अनुमति नलिई तथा विज्ञापन करसमेत नबुझाई जथाभावी रुपमा विभिन्न व्यक्ति, संघसंस्था, कम्पनीहरुको विज्ञापन तथा प्रचारप्रसार सामग्रीहरु राखिएको पाइएकोले अनुमति नलिई तथा विज्ञापन कर नबुझाई राखिएका त्यस्ता होर्डिङ बोर्ड, फ्लेक्स, ब्यानर, डिस्प्ले बोर्ड, परिचयपाटी, वालसटर पेन्ट्स, लोगोलगायतका सम्पूर्ण विज्ञापन सामग्री राख्ने व्यक्ति, संघसंस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र नगरपालिकाको राजस्व प्रशासन शाखामा सम्पर्क राखी विज्ञापन कर तिर्न अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ ।
तोकिएको समयावधिभित्र विज्ञापन कर बुझाएमा विज्ञापन सामग्रीहरु हटाई जफत गर्ने नगरपालिकाको चेतावनी छ ।
टिप्पणीहरू