नयाँ शैक्षिक सत्रअघि काठमाडौं महानगरको चेतावनी

नयाँ शैक्षिक सत्रअघि काठमाडौं महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सचेत गराएको छ । महानगरभित्र सञ्चालित विद्यालयहरुलाई शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना नगराउन निर्देशन दिएको छ । 

कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको जनगुनासो आएको भन्दै महानगरले अटेरी गरेमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोले सोहीबमोजिम गर्न महानगरको निर्देशन छ ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा कसैले पनि शैक्षिक सत्र शुरु नभई विद्यार्थी भर्ना गर्न गराउन नहुने व्यवस्था रहेकोमा कतिपय विद्यालयले शैक्षिक सत्र शुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो यस कार्यालयमा आएको हुँदा शैक्षिक सत्र शुरु नभई नियमावली विपरित विद्यार्थी भर्ना नगर्नु नगराउनुहुन अनुरोध छ । अन्यथा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

टिप्पणीहरू