देशलाई खुला संग्राहालय बनाउनुपर्नेमा मन्त्रीको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताउनुभएको छ ।
ललितपुरको पाटन दरबारस्थित जिर्णोद्वार तथा पुननिर्मित देगुतलेजु मन्दिरको शिलापत्र अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त बिचार राख्नुभएको हो । नेपालमा विविधतापूर्ण संस्कृति र प्राकृतिक सम्पदा जोगाउन सबैले भूमिका खेल्नुपर्नेमा मन्त्रीले जोडसमेत दिनुभयो ।
संस्कृतिक तथा प्राकृतिक सम्पदाको विश्वव्यापी प्रचार गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले त्यसो गर्न सके पर्यटन क्षेत्रबाट देशले आर्थिक आर्जन गर्नसक्ने बताउनुभयो । सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि गन्तव्यको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
'हामी केबल भौतिक सम्पदाको मात्रै कुरा गरिरहेका छैनौँ । अभौतिक सम्पदा, हामीसँग त्यत्तिकै भाषाहरु छन् । त्यत्ति नै भेषभुषाहरु छन् । हामीसँग त्यस्तै संस्कृति, चाडपर्व, खानपान, विभिन्न परिकारहरु छन्' उहाँले भन्नुभयो, 'यो अभौतिक सम्पदा, भौतिक र अभौतिक स्म्पदालाई जोडेर, जोगाएर नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा लिएर जानुपर्नेछ ।’
मन्त्री पाण्डेले नेपालमा संस्कृति र प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरु पनि नयाँ र फरक रहेको उल्लेख गर्दै यसलाई विश्वभर प्रचार गर्न सक्नुपर्ने बताउनुभयो ।
टिप्पणीहरू