वासिङ्गटनविरुद्ध बेइजिङको श्वेतपत्र, माओको विचार अझै यथार्थ

अमेरिकाले घोषित रुपमा नभए पनि चीनविरुद्ध व्यापार युद्ध थालेको छ एकपक्षीय रुपमा १२५ प्रतिशत भन्सार शुल्क लगाएर । यसवीच युक्रेन युध्द शुरु भएदेखि अमेरिकी शत्रु राष्ट्रको रुपमा परिचित रुस र बेलारुसबाहेक विश्वका सबैजसो मुलुकबाट आयात गरिने सामानमा एकपक्षीय रुपमा भन्सार शुल्क बढाइएको छ ।
चीनले पनि अमेरिकी निर्णयलाई चुनौती दिँदै त्यताबाट ल्याइने सामानमा ८४ प्रतिशत कर लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनद्वारा लादिएको अविश्वसनीय निर्णयका कारण विश्व अर्थतन्त्र र राजनीति बेजोडसङ्ग तरंगित भएको छ । आफूसँग दशकौं देखि निकटस्थ मुलुकका सामानमा पनि भन्सार बढाउने निर्णय थोपरिएपछि जताततै आक्रोश र अन्यौल बढ्दो छ ।
यसैवीच चिनियाँ जनताका महान नेता तथा अध्यक्ष माओत्सेतुङले अमेरिका र अमेरिकी सरकारलाई कहिल्यै विश्वास गर्न नसकिने ठहर आजभन्दा ७२ वर्षअघि नै गर्नुभएको भिडियो चिनियाँ सञ्चार माध्यमहरुले प्रशारण गरेका छन् । अमेरिकाले विना कारण,आफैँले प्रतिपादन गरेको खुला बजार अर्थतन्त्रको सिद्धान्त,विश्व व्यापार संगठनको मूल्य र मान्यताविपरित चीनमाथि सबैभन्दा धेरै र अन्य मुलुकका सामानका हकमा कम्तीमा १० प्रतिशत भन्सार बढाएपछि सात दशकअघिको उक्त विचार आज सान्दर्भिक बन्न आएको हो ।
भिन्नता भनेको ब्यक्तिका रुपमा अमेरिकी राष्ट्रपति मात्रै हुन् । अहिले डोनाल्ड ट्रम्प छन् भने सात दशकअघि ट्रुम्यान थिए । सामाजिक सञ्जालमा भाइरल भइरहेको अध्यक्ष माओको उक्त भिडियोमाथि धेरैले प्रतिक्रिया जनाउँदै लेखेका छन्,‘हामी चिनियाँ हौं,अफवाहसँग कहिल्यै डराउँदैनौं । पछाडि हट्दैनौं ।’
माओले भन्नुभएको थियो, ‘चाहे यो युद्ध जतिसुकै लामो किन नचलोस्,हामी कहिल्यै झुक्ने छैनौं ।’ त्यो बेला र अहिलेको भिन्नता भनेको ब्यक्तिका रुपमा अमेरिकी राष्ट्रपति मात्रै हुन् । अहिले डोनाल्ड ट्रम्प छन् भने सात दशकअघि ट्रुम्यान थिए । सामाजिक सञ्जालमा भाइरल भइरहेको अध्यक्ष माओको उक्त भिडियोमाथि चिनियाँहरुले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘हामी चिनियाँ हौं,अफवाहसँग कहिल्यै डराउँदैनौं । हामी पछाडि हट्दैनौं ।’
अमेरिकाले दुई महिनाअघि लागुऔषध फेन्टानिल तस्करी हुनबाट रोक्न कुनै पहल नगरेको भन्दै चीनलगायत छिमेकी मेक्सिको र क्यानाडामाथि भन्सार शुल्क लगाउने चेतावनी दिएको थियो । तर, अहिले विश्वका १८५ मुलुकमाथि थोपरिएको भन्सार शुल्कले उक्त आरोप केवल मिथ्या रहेको पुष्टि भएको छ ।
यता चीनको राज्य परिषद्,सूचना कार्यालयले ‘चीन–अमेरिकासम्बन्धी केही मुद्दामा चीनको स्थिति’ शीर्षकमा श्वेतपत्र जारी गरेको छ । दुई मुलुकबीचको आर्थिक र व्यापारिक सम्बन्धका तथ्यहरू स्पष्ट पार्दै सान्दर्भिक मुद्दाहरूमा चिनियाँ पक्षको स्थिति सार्वजनिक गर्न चीन सरकारले श्वेतपत्र जारी गरिएको जनाएको छ ।
श्वेतपत्रमा भनिएको छ, ‘सन् २०१८ को व्यापारमा देखिएको केही मनमुटावपछि अमेरिकी पक्षले ५०० बिलियन डलरभन्दा बढी चिनियाँ सामानमा शुल्क थोपर्यो । त्यसपछि चीनमाथि दमन गर्ने उद्देश्यबमोजिमका नीतिहरू निरन्तर लागु गरिँदै आएको छ ।’ अमेरिकाले आयात हुने चिनियाँ उत्पादनमा चर्को शुल्क लगाउनुअघि फेन्टानिल मुद्दालाई बहाना बनाएको थियो ।
अमेरिकाले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय व्यापारमा देखाएको एकपक्षीयता र संरक्षणवादले दुई देशबीचको सामान्य आर्थिक तथा व्यापारिक सहयोगमा निकै ठूलै बाधा उत्पन्न गरेपछि श्वेतपत्र जारी गर्न चीन बाध्य भएको बताइन्छ । जसमा भनिएको छ, ‘सन् २०१८ को व्यापारमा देखिएको केही मनमुटावपछि अमेरिकी पक्षले ५०० बिलियन डलरभन्दा बढी चिनियाँ सामानमा शुल्क थोपर्यो । त्यसपछि चीनमाथि दमन गर्ने उद्देश्यबमोजिमका नीतिहरू निरन्तर लागु गरिँदै आएको छ ।’ अमेरिकाले आयात हुने चिनियाँ उत्पादनमा चर्को शुल्क लगाउनुअघि फेन्टानिल मुद्दालाई बहाना बनाएको चीनको ठहर छ ।
अमेरिकाको पछिल्लो निर्णयलाई चीनले अलगाववादी र जबरजस्ती प्रवृत्तिको संज्ञा दिएको छ । उसका ती निर्णय खुला बजार अर्थतन्त्र र बहुपक्षीयताका सिद्धान्तहरू विपरित रहेको चिनियाँ निश्कर्ष छ । श्वेतपत्रमा भनिएको छ, ‘यसले चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धमा गम्भीर असर पुर्याउने निश्चित छ ।’
अमेरिकी कदमको प्रतिक्रियास्वरूप, चीनले पनि आफ्नो राष्ट्रिय हितको रक्षा गर्न बलियो प्रतिकार्य कदम चालेको छ । द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धलाई स्थीर बनाउन अमेरिकी पक्षसँग आवश्यकताअनुसार धेरै चरणको परामर्श र वार्ता गर्न तयार रहेको जनाउँदै वार्ताबाटै विवाद समाधान गर्ने पक्षमा आफू रहेकोे चीनले जनाएको छ ।
भनिएको छ, ‘चिनियाँ पक्ष चीन–अमेरिका आर्थिक र व्यापारिक सम्बन्ध पारस्परिक रूपमा लाभदायक र विजयोन्मुख प्रकृतिको रहेकोमा निश्चिन्त हुँदै यसलाई सँधै कायम राख्न चाहन्छ ।’ फरक राजनीति र अर्थनीति अंगाल्ने मुलुकबीचको व्यापार तथा आर्थिक सहयोगमा सामान्य मतभिन्नता हुनु स्वाभाविक हो । तर प्रमुख सरोकारलाई सम्मान गर्नु,वार्ता र परामर्शबाट समस्याको उचित समाधान खोज्नु अहिलेको अवस्थामा सबैभन्दा महत्वपूर्ण हुने श्वेतपत्रको ठहर छ ।
चीन र अमेरिकाबीचको टकरावले दुवै पक्षलाई नोक्सानबाहेक केही नल्याउने इतिहास साक्षी रहेको सन्दर्भ पनि चीनले उठाएको छ । चीन–अमेरिका सहयोगलाई थप सुदृढ तुल्याउनुपर्ने पूरा विश्वको मान्यता रहेकोे देखिन्छ । विश्व बजार निष्पक्ष,खुला,पारदर्शी र नियममा आधारित भए मात्रै विश्व अर्थतन्त्रले तीव्र वृद्धि हासिल गर्न सक्ने चीनको ठहर छ । यसका लागि चीन–अमेरिकावीच सहयोग अपरिहार्य देखिन्छ ।
विकसित विश्व आर्थिक प्रवृत्तिलाई चीन–अमेरिका सहयोगले सम्बोधन गर्नुपर्ने कुरा पनि श्वेतपत्रमा उल्लेख छ । चीनले एआई,बायोटेक्नोलोजी र क्वान्टम कम्प्युटिङ जस्ता नयाँ प्रविधि र उत्पादनहरू निरन्तर उदीयमान र विकसित हुँदै गएको सन्दर्भमा चीन–अमेरिका सहयोगसँग सान्दर्भिक नियमहरू तर्जुमा गर्न,सम्भावित सुरक्षा जोखिमहरू रोक्न र नियन्त्रण गर्न एवम् प्रविधि दुरुपयोगको सट्टा शान्तिपूर्ण प्रयोग सुनिश्चित गर्न आवश्यक रहेकोतर्फ औंल्याएको छ ।
चीनले भनेको छ, ‘व्यापार युद्धमा कोही विजयी हुँदैन । संरक्षणवादले जुनसुकै मुलुकलाई अँध्यारो गल्लीमा पुर्याउँछ । दुबै मुलुकको आर्थिक सफलताले आपसी खतराको सट्टा साझा अवसरहरू सिर्जना हुन्छन् । यो वर्षको सुरुमा दुबै मुलुकका राष्ट्र प्रमुखबीचको फोन वार्तामा औंल्याइएका विषयलाई मूर्तरुप दिने आशा गरिएको छ । पारस्परिक सम्मान,शान्तिपूर्ण सहअस्तित्व र सहयोगका सिद्धान्तलाई पछ्याउँदै वार्ताद्वारा सरोकार सम्बोधन हुनुपर्नेमा हामी दृढ छौं ।’
टिप्पणीहरू