दुई जीब्रे मान्छेका बोली यिनै हुन्

दुई जीब्रे मान्छेका बोली यिनै हुन्

२०६४-६५ सालतिर ढुंगामाटोसमेत गणतन्त्रवादी भएका बेला राजतन्त्रको पक्षमा एक्लै उभिएका थिए,कमल थापा । पूर्वपन्चहरु लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर जबरा, प्रकाशचन्द्र लोहनीदेखि अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनहरु समेत संघीय लोकतान्त्रिक गणतन्त्रको कित्तामा खुलेर लाग्दा 'राजतन्त्रको बिऊ जोगाएका' उनै कमल वीचमा केही समय भने लर्खराए । 

राप्रपाको गत महाधिवेशनमा लिङ्गदेनसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका उनी पराजित भएपछि निर्मल निवासले षड्यन्त्र गर्यो भन्दै गणतन्त्रवादी बनेका थिए । त्यसलगत्तै एमालेको सूर्य चिन्ह लिएर मकवानपुरबाट सांसद उठेका उनी चुनाव हारेपछि फेरि पुरानै ठाउँमा फर्किए । र,अहिले राजसंस्था पुनर्स्थापनको मुद्दामा कसैसँग कम्प्रोमाइज नगर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रको मन जित्ने कोसिसमा छन् । 

'ताक परे तिवारी नत्र गोतामे' भनेजस्तै राजसंस्थाको सवालमा यस्तो अवसरवादी चरित्र देखाउने कमल एक्लो व्यक्ति होइनन् । पशुपतिसमशेर र लोहनीहरुले त २०६५ सालमै राजतन्त्र छोडेर गणतन्त्र स्वीकार गरिसकेका थिए । कुनै हालतमा राजतन्त्र फर्किने सम्भावना नरहेको त्यसबेला उनीहरुको साझा निष्कर्ष थियो । यी दुई बयोबृद्ध नेता डेढ दशकपछि अहिले राजसंस्था र हिन्दुराष्ट्रको विकल्प नभएको भन्दै सडकमा मान्छे उरालिरहेका छन् । 

पुराना पन्चहरु मात्र होइन रविन्द्र मिश्र, ज्ञानबहादुर शाही र दुर्गा प्रसाईंजस्ता नवराजावादीहरुको चरित्र झन् बढी अवसरवादी देखिएको छ । पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने आन्दोलनमा लागेका यिनीहरु कुनै समय नेपालमा राजसंस्था पुनर्स्थापना  असम्भव देख्थे ।  

त्यसबेला गणतन्त्रको विकल्प नदेखेका उनी दुई वर्षअघि एकाएक राजतन्त्रको वकालतकर्ता बनेर उदाए । गत आम चुनावको केही महिनाअघि राप्रपामा प्रवेश गरेका उनी अहिले 'चौबिस क्यारेटको राजावादी' बनेर ज्ञानेन्द्र शाह नजिक हुने दौडमा छन् । 

भ्रष्टाचारविरोधी अभियन्ता भन्दै सडकमा चर्को भाषण गरेर राजनीतिमा छिरेका ज्ञानबहादुर त्यसताका राजतन्त्रको खुलेरै विरोध गर्थे । पूर्वराजा ज्ञानेन्द्र र पारस शाहको व्यक्तिगत विषयमा समेत उनका नकारात्मक टिप्पणी अहिले पनि सामाजिक सञ्जालमा खोजेर हेर्न सकिन्छ । ज्ञानेन्द्रमाथि लागेको दरबार हत्याकाण्डको आरोप छानविन हुनुपर्ने माग उनले राख्ने गरेका थिए । 

गत चुनावमा जुम्लाबाट हलो चिन्हमा उठे पनि चुनावी अभियानमा उनले राजा, राजसंस्था र हिन्दुत्वको कुरा उठाएका थिएनन् । राजतन्त्रको नाममा भोट नआउने भएकाले त्यस्तो चतुर्याई गरेका शाही अहिले भने संसददेखि सडकसम्म 'राजा राजा' भन्दै कुर्लिने गरेका छन् । न्यूनतम संसदीय मर्यादासमेत भुलेर अन्टसन्ट भाषण र अप्रमाणित कुरा गरी मान्छे उराल्न सिपालु यिनी गणतन्त्र उल्ट्याउन उद्धत छन् ।  

अर्का नवराजावादी रविन्द्र मिश्रले केही वर्षअघि राजसंस्थाबारे गरेको टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल छ । एउटा अन्तर्वार्तामा राजसंस्थाप्रतिको धारणा मागिएकोमा उनले वंशको आधारमा शासन चलाउने प्रणाली स्वीकार्य नहुने भन्दै सैद्धान्तिक रुपमै समर्थन गर्न नसकिने बताएका थिए । उनको भनाई थियो, 'मेरा हजुरबाले घ्यू खाएका थिए, मेरो हात सुँघ सुँघ भन्ने संस्थाको म कुनै हालतमा समर्थक हैन ।' 

बीबीसी नेपालीको जागिर छाडेर २०७४ तिर राजनीतिमा हाम्फालेका मिश्र त्यसताका अहिलेकै संविधानको पक्षमा उभिएका थिए । नेपालमा वैकल्पिक राजनीतिको बहस उनैले छेडेका हुन् । शुरुमा आफ्नै नेतृत्वमा साझा पार्टी गठन गरेका मिश्र पछि विवेकशीलसँग एकतापछि विवेकशील साझाको अध्यक्ष बनेका थिए । त्यसबेला गणतन्त्रको विकल्प नदेखेका उनी दुई वर्षअघि एकाएक राजतन्त्रको वकालतकर्ता बनेर उदाए । गत आम चुनावको केही महिनाअघि राप्रपामा प्रवेश गरेका उनी अहिले 'चौबिस क्यारेटको राजावादी' बनेर ज्ञानेन्द्र शाह नजिक हुने दौडमा छन् । 

राजालाई ल्याएर कसैले गद्दीमा राख्छु भन्छ भने त्यो भन्दा मूर्ख कोही पनि छैन । राजा मेरा छोराको बिहामा आउने हैनन्, पार्टीमा आउने पनि हैनन्,मलामी आउने पनि हैनन् ।'

नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन' समितिका प्रवक्ता बनाइएका मिश्रमाथि तीनकुनेको हिंसात्मक प्रदर्शनमा मतियारको भूमिका खेलेको आरोप छ । उक्त दिन प्रदर्शनकारीलाई तोडफोड र आगजनीमा उत्रन हौस्याएका उनी अहिले प्रहरी हिरासतमा छन् । 

राजावादी आन्दोलनका कमाण्डर मेडिकल माफिया दुर्गा प्रसाईं अर्का अवसरवादी नवराजावादी हुन् । चैत १४ गते निर्मल निवासमा ज्ञानेन्द्रसँग भेटेपछि राजावादी आन्दोलनको कमाण्डर तोकिएका उनकै अगुवाइमा तीनकुनेमा विध्वंस मच्चिएको थियो । त्यसपछि फिल्डबाटै भागेर भारत छिरेका उनी अस्ति शुक्रबार पक्राउ परे, र अहिले प्रहरी हिरासतमा छन् । 

प्रसाईं माओवादी,एमाले हुँदै डेढ वर्षअघि राजावादी बनेका हुन् । माओवादीमा रहँदा जिल्ला तहको सामान्य कार्यकर्ता उनी प्रचण्ड र केपी ओलीलाई आफ्नै किचेनमा राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाएपछि लाइमलाइटमा आए । मेडिकल कलेजको सम्बन्धन हत्याउन सत्तामा जो हुन्छ त्यसैको नजिक रहने गरेका उनी नेकपा विभाजनपछि एमालेतिर लागे । 

राजसंस्था पुनर्स्थापनाबारे त्यसताका उनको तर्क हुन्थ्यो, 'राजा ल्याउने,राणा ल्याउने भन्ने कुरा छोड्दिऊँ,राजालाई ल्याएर कसैले गद्दीमा राख्छु भन्छ भने त्यो भन्दा मूर्ख कोही पनि छैन । राजा मेरा छोराको बिहामा आउने हैनन्, पार्टीमा आउने पनि हैनन्,मलामी आउने पनि हैनन् ।'  

ओलीलाई हजुरबा भनेर बोलाउने प्रसाईं त्यसैको बलमा पार्टी सदस्यता समेत नलिई सिधै केन्द्रिय सदस्य बनाइए । त्यसताका ओलीको प्रशंसक मात्र होइन चाकडी गर्ने उनी गत चुनावमा झापा-३ बाट टिकट चाहन्थे । तर, क्षेत्र नम्बर ५ मा आफू सुरक्षित हुन ३ नम्बर राजेन्द्र लिङ्गदेनलाई छोड्ने 'हजुरबा' को निर्णयपछि चिढिएका प्रसाईं एमाले छोडेर राजावादी अभियानमा होमिएका हुन् । 

टिप्पणीहरू