बाघमारा जंगलमा गैंडाको आक्रमण,दुई महिला घाइते
आज दिउँसो करिब साढे १२ बजे चितवनको रत्ननगरमा दुईजना महिला जंगली जनावरको आक्रमणमा परेका छन् । रत्ननगर नगरपालिका–७ स्थित बाघमारा जंगलमा घाँस काट्न जाँदा गैंडाको आक्रमणमा परी सोही वडाका स्थानीय ठूली तामाङ र जानकी महतो घाइते भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ५२ वर्षीया ठूली तामाङको दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ भने ५६ वर्षीया जानकी महतोको दाहिने हात र कम्मरमा चोट लागेको जनाइएको छ । घाइतेको अवस्था मध्यम रहेको र उनीहरु दुवैको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले बतायो ।
टिप्पणीहरू