पाठ्यपुस्तक नपुगेमा केन्द्रमा सम्पर्क

पाठ्यपुस्तक नपुगेमा केन्द्रमा सम्पर्क

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक नपुगेमा सम्पर्क गर्न आग्रह गरेको छ । केन्द्रले पाठ्यपुस्तक छपाई गरी देशभरका स्थानीय तहमा पुर्याइसकेको तर कथंकदाचित कहिँकतै विद्यालयमा नपुगेको भएमा जानकारी गराउन भनेको छ । 

केन्द्रले कथंकदाचित कहिँकतै विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीहरुले प्राप्त नगरेको गुनासो आएमा तुरुन्त यस केन्द्र तथा प्रादेशिक कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरेको हो । केन्द्रले एक करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक छापेको थियो । तीमध्ये करिब ७६ लाख पाठ्यपुस्तक बिक्री भएको र आवश्यकताअनुसार मौज्दात रहेको केन्द्रले जनाएको छ । 

केन्द्रले देशभरका सूचीकृत बिक्रेताहरुलाई शैक्षिक सत्र अगावै छिटोछरितो रुपमा पाठ्यपुस्तक सम्बन्धित विद्यालयहरुमा पुर्याउन पनि अनुरोध गरेको छ ।

टिप्पणीहरू