कारबाही भोग्दै चुनाव जित्ने चेलीहरु

कारबाही भोग्दै चुनाव जित्ने चेलीहरु

महिला सञ्चारकर्मीहरुको संस्था सञ्चारिका समूहले नयाँ नेतृत्व छानेको छ । पत्रकार महासंघको तालमेलजसरी नै गए राति सम्पन्न नवौं महाधिवेशनबाट एमाले निकट कमला पन्थी अध्यक्ष र बसन्ती बाँस्तोला उपाध्यक्ष छानिएका छन् । 

१३ सदस्यीय कार्यसमितिका निम्ति अरु पदमा निर्वाचन भए पनि महासचिवमा काङ्ग्रेसनिकट राधा खनाल सर्वसम्मत भइन् । सचिवमा उर्वशी बस्न्यात,कोषाध्यक्षमा साजना तामाङ चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा कालिका शिवाकोटी,कल्पना शर्मा,अजवी पौड्याल,दीपा रेग्मी,तारा चापागाईं,देवी सापकोटा,विष्णु पन्थी र सम्झना वन निर्वाचित भएको बुझिएको छ । यसअघि विमला तुम्खेवा अध्यक्ष थिइन् ।

महिला पत्रकारहरुको साझा संस्था भनिए पनि निर्वाचनमा एमालेनिकट प्रेस चौतारी र काँग्रेस निकट प्रेस युनियनले गठबन्धन गरेका थिए । 

"चौतारीले उपाध्यक्षमा २८ मतले पछाडि परेकी कुँवर,१११ मतसहित सदस्यमा बिजयी चापागाईं र ११६ मतसहित आफूसम्बध दललाई ठाडो चुनौती दिएकी रेग्मीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको लागि पनि हिजै सिफारिस गरेको छ । यसअघि सम्पन्न पत्रकार महासंघको निर्वाचनमा पनि रेडियो नेपालकी मनुका कुँवरले यसैगरी बागी उम्मेदवार बनेर जित हात पारेकी थिइन् ।"

एमालेनिकट प्रेस चौतारीले निर्वाचनमा ह्विप लगाउँदा र कारबाही गर्दा पनि बागी उम्मेदवार बनेर दुई जना विजयी भए । चौतारीका महासचिव हिरामान लामाले जारी गरेको र वर्तमान अध्यक्ष गणेश पाण्डेसहित निवर्तमान अध्यक्ष गणेश बस्नेतले सामाजिक सन्जालमार्फत शेयर गरेको  प्रेस विज्ञप्तिमा अन्य पार्टीको उक्साहटमा संगठनको हितविपरित उम्मेदवारी  दिएकाले कारबाही गरिएको उल्लेख छ । 

अध्यक्षको आकाँक्षी हुँदा पनि अघिल्लो महिना बिराटनगर महाधिवेशनबाट भूमिकाबिहिन बनाइएकी प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सचिव लोक्सरी कुँवर,केन्द्रीय सदस्यहरु तारा चापागाईं र निर्वाचन आयोगका सदस्य दीपा रेग्मीलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । चौतारीले उपाध्यक्षमा २८ मतले पछाडि परेकी कुँवर,१११ मतसहित सदस्यमा बिजयी चापागाईं र ११६ मतसहित आफूसम्बध दललाई ठाडो चुनौती दिएकी रेग्मीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको लागि पनि हिजै सिफारिस गरेको छ ।

यसअघि सम्पन्न पत्रकार महासंघको निर्वाचनमा पनि रेडियो नेपालकी मनुका कुँवरले यसैगरी बागी उम्मेदवार बनेर जित हात पारेकी थिइन् । एकीकृत समाजवादीबाट उम्मेदवार रहेकी अम्बिका दाहालले सदस्यमा सम्मानजनक एक सय मत पाउँदा जानुका बराल १ सय ८,बिणा सिन्हा ९३,सतिदेवी उप्रेती ६६ मतसहित पछाडि परेका थिए । अध्यक्षमा प्रतिस्पर्धी पवित्रा सुनारले ८७,सचिवमा नुनुता राईले १०३ र कोषाध्यक्षमा मन्जिमा ढकालले १०५ हासिल गरेको सञ्चारिकाको महाधिवेशनमा पनि महासंघ,चौतारी र युनियनमा जस्तै उम्मेदवारी शुल्क हज्जारौं तोकिएको थियो ।

कोषाध्यक्ष साजना तामाङ पनि कांग्रेस निकट मानिन्छिन् ।

टिप्पणीहरू