नदी किनारमा एकै साँझ दुई अधवैंशे महिला,पुरुषको लास
चितवनमा हिजो साँझ करिब एक घण्टाको फरकमा नारायणी नदी किनार दुईवटा लाश भेटिएका छन् । दुई छुट्टाछुट्टै स्थानमा दुईजना अधबैंशे महिला र पुरुषको लाश फेला परेको हो ।
पहिले करिब साढे पाँच–पौने छ बजेतिर भरतपुर–१ को जलमापन केन्द्र नजिकै नारायणी नदी किनार अन्दाजी ३०/३५ वर्षीय पुरुष व्यक्तिको लाश घोप्टो अवस्थामा फेला परेको थियो । त्यसपछि साँझ सात बज्नै लाग्दा भरतपुर–२६ सिसैस्थित नारायणी नदी किनारमा ३५/४० वर्षीया महिलाको लाश उत्तानो अवस्थामा फेला परेको हो ।
मृतक पुरुष भरतपुर–२ क्षेत्रपुरस्थित न्यु होराइजन बोर्डिङ्ग स्कूलका प्रिन्सिपल रहेको बुझिएको छ । महिला अघिल्लो दिन नवलपुरको गैंडाकोट–५ स्थित राधाकृष्ण मन्दिर नजिकैबाट नारायणी नदीमा डुबेर बेपत्ता भएकी गैंडाकोटकै ५ नं. वडाबासी वर्ष ४० की सुकमाया बोटे रहेको भनी श्रीमान् सुजन बोटेले सनाखत गरेकी छन् ।
टिप्पणीहरू