अजरबैजानी राष्ट्रपतिकी छोरी बेइजिङ हुँदै काठमाडौंमा
चीनको राजधानी बेइजिङबाट आएको एउटा चार्टर विमान हिजो राति काठमाडौं विमानस्थलमा अवतरण गर्यो । कल साइन एम एएचवाई ६११ विमानमा आएका पाहुनाहरु राति १० बजे विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिकाज पुगे । उच्च स्रोतका अनुसार ती अजरबैजानका राष्ट्रपति इल्हाम हलियेवकी छोरीसहित परिवारका १० जना सदस्य हुन् ।
४१ वर्षीया छोरी लैला अलियेभा सत्तारुढ दलकी राजनीतिज्ञ हुन् । राष्ट्रपति इल्हाम हलियेव चौथो राष्ट्रपतिको रुपमा सन् २००३ देखि पदमा आसिन छन् ।
लैलाको हजुरबा तथा राष्ट्रपति इल्हामका पिता हैदर अलियेभ पनि यसअघि राष्ट्रपति नै थिए ।
टिप्पणीहरू