नेपाल वायुसेवामा नयाँ अध्यक्ष

नेपाल वायुसेवामा नयाँ अध्यक्ष

नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा रामबाबु थापा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न युनियनको दोस्रो महाधिवेशनले थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । युनियनको वरिष्ठ उपाध्यक्षमा नीरबहादुर बर्देवा, उपाध्यक्षमा शिशिर झा, कमलप्रकाश न्यौपाने, सञ्जिवप्रसाद साह, रेगबहादुर विक चुनिएका छन् । 

त्यसैगरी, महासचिवमा सुमन घिमिरे, उपमहासचिवमा दिपकजंग ठाकुर, सचिवमा विशाल दाहाल, दानबहादुर अर्याल, लोकराज जोशी, रविन राजवंशी, सञ्जुला पोखरेल, सहसचिवमा भीमार्जुन भण्डारी, ज्वालाप्रसाद नायक, नवीन अर्याल निर्वाचित भए । सम्झना पौडेल कोषाध्यक्ष र दिलबहादुर भण्डारी सहकोषाध्यक्ष बनेका छन् । 

सदस्यमा मुरारीप्रसाद अधिकारी, साधना कुँवर, निशा सिंह, गणेशकुमार चौधरी, उत्तम सञ्जेल, चिरञ्जीवी श्रेष्ठ, सुजन पाण्डे, उज्जवल ढुंगाना, दिपक चिमोरिया, उपेन्द्र पराजुली, उमेश थापा, टेकबहादुर केपछाकी, लक्ष्मी कटुवाल, अमरमान डंगोल, श्रीराम भण्डारी र रामशरण श्रेष्ठ चयन भएका छन् । युनियनको सल्लाहकारमा तुल्सीराम थापा, भानुभक्त कटुवाल र विजय अधिकारी चुनिए । 

निवर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका बर्देवाको सभापतित्वमा सम्पन्न भएको युनियनको महाधिवेशनमा पेशागत महासंघ नेपालका अध्यक्ष प्रेमकुमार खनाल प्रमुख अतिथि थिए । महासंघका संस्थापक अध्यक्ष गोपाल सिंह, वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, समाजवादी पेशागत कानुन व्यवसायी संगठनका अध्यक्ष डेकेन्द्रप्रसाद सुवेदी, महासचिव अमरबहादुर राउत, सार्वजनिक संस्था कर्मचारी संगठनका अध्यक्ष दीर्घराज ढुंगानालगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

टिप्पणीहरू