गृहसचिव रविकै पाइला पछ्याउँदै  !

गृहसचिव रविकै पाइला पछ्याउँदै  !

हरेक पटकको सरकार परिवर्तनसँगै प्रहरीमा गलत र नयाँ खालको सरुवा काज नीति अवलम्बन गर्न थालिएको छ । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा भैरहवा कारागार चलान भएका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रास्वपा सभापति रवि लामिछानेले अवलम्बन गरेको गलत सरुवा नीतिलाई यतिखेर पनि लागु गरिएको छ ।

दोस्रो पटक गृहमन्त्री हुँदा लामिछानेले विभिन्न जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को चार,पाँच र छ महिनामै सरुवा काज गरेर एक किसिमको दम्भ देखाएका थिए । वर्तमान गृहसचिवमाथि पनि लामिछानेको बाटो अवलम्बन गरेको आरोप लागेको छ । 

धादिङका स्थायीबासी गोकर्णमणि दुवाडीको पछिल्लो भूमिकाको प्रहरी प्रशासनभित्रै चर्को आलोचना भएको छ । उनको निर्देशनमा हालै भएको भनिएको एकजना इन्सपेक्टरको सरुवा काज विवादमा तानिएको छ । प्रहरी प्रभाग,नयाँ बसपार्कमा कार्यरत निरीक्षक (इन्स्पेक्टर) राजन खड्कालाई हटाएर दवाडीका जिल्लाबासी शरणविक्रम शाहलाई ल्याएपछि विवाद र आलोचनाले नयाँ उचाई लिएको बताइन्छ । 

नौ महिना कार्यावधि छँदै खड्कालाई हटाइएको छ । कुनै कारबाहीमा नपरेका उनलाई हटाएर अर्कोलाई ल्याउनुको कारणबारे प्रहरी अधिकृतहरु नै ‘अनभिज्ञ’ देखिन्छन् । अर्कोतर्फ शाहले प्रभागमा आउन गरेको ठूलै कसरतको पनि चर्चा व्याप्त छ ।

प्रहरी निरीक्षक शाहको सिंगल सरुवाको निम्ति काज भन्दै प्रभाग पठाइएको विषयलाई रहस्यमयी बताइएको छ । एकजना प्रहरी अधिकृतको सरुवा र काजको विषयमा प्रहरी अधिकारीहरुभन्दा गृह मन्त्रालयको अग्रसरताले नयाँ विवाद उत्पन्न गराएको छ ।

टिप्पणीहरू