अभिभावकले नै पढाउन थाले विद्यार्थी, विद्यालय खोलेका शिक्षकमाथि कारबाहीको चेतावनी
शिक्षकहरू झण्डै एक महिनादेखि आन्दोलनमा गएपछि अभिभावकहरुले नै बन्द विद्यालय खोलेर पठनपाठन शुरु गरेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३, स्थित नारायणस्थान माध्यमिक विद्यालयका अभिभावकले पढाउन थालेको बताइन्छ ।
कतिपय अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न थालेपछि अरु अभिभावकले विद्यालय खोलेर अध्यापन गराएका हुन् । वैशाख पहिलो साताभित्र भर्ना गरेर दोस्रो सातादेखि नियमित अध्यापन गरिनुपर्नेमा मुलुकभरका सामुदायिक विद्यालय ठप्प छन् । शिक्षकहरु काठमाडौंका सडकमा नाराबाजीमा व्यस्त भएपछि कतिपय स्थानीय तहले तत्काल अध्यापन सुचारु गर्न दिएको निर्देशन पनि अलपत्र भएको छ ।
उता कास्कीका केही विद्यालयका प्रधानाध्यापकले विद्यालय खोलेर पठनपाठन थालेकोमा शिक्षक महासंघ कास्कीले आपत्ति जनाएको छ । विज्ञप्ति जारी गर्दै आन्दोलन विपरित विद्यालय खोल्ने शिक्षकहरुको सत्यतथ्य विवरण राखेर कास्की जिल्ला आन्दोलन परिचालन समितिसमक्ष कारबाहीका लागि पेश गरिने चेतावनी दिइएको छ ।
टिप्पणीहरू