सशस्त्रका भूतपूर्वहरुको जमघटमा वर्तमानको उपस्थिति
नेपाल पूर्व सशस्त्र प्रहरी संघको कार्यक्रममा भूतपूर्व र बहालरतको जमघट भएको छ ।
पूर्व सशस्त्र प्रहरीहरुको पुनर्मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम संघका संरक्षक सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा हिजो सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्व ससशस्त्र प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षकहरुको समेत उपस्थिति रहेको बताइन्छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले तालिमबाट खारिएको सीपलाई राष्ट्र सेवामा लगाउन संगठनका भूतपूर्व कर्मचारीलाई आग्रह गरेका छन् ।


टिप्पणीहरू