दाउन्नेमा सवारी आवागमन ठप्प, वैकल्पिक मार्ग प्रयोगको सल्लाह

दाउन्नेमा सवारी आवागमन ठप्प, वैकल्पिक मार्ग प्रयोगको सल्लाह

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा रातिदेखि सवारीसाधन आवागमन ठप्प्प भएको छ । वर्षापछि हिलाम्मे सडकमा सवारी साधन चिप्लिँदा राजमार्ग अवरुद्ध भएको बताइन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार सडक चिप्लो भएपछि ठूला सवारी साधन चिप्लिएका हुन् । उक्त सडक हुँदै आवतजावत गर्ने सवारी साधनलाई अन्य वैकल्पिक मार्ग प्रयोगका लागि अनुरोध गरिएको छ ।

टिप्पणीहरू