भगवानकै १०८ रोपनी जग्गा हरायो
पवित्र तीर्थस्थल गलेश्वर धाम मन्दिरका नाउँमा रहेको झण्डै एक सय आठ रोपनी गुठीको जग्गा गायब भएको छ ।
म्याग्दीको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार शिवालयका नाउँमा हाल करिब ५६ रोपनी जग्गाको लालपुर्जा रहेको छ । पहिला सृजना गरिएको गुठी र पछि पानीका लागि भनेर जलजला गाउँपालिका पर्वतमा खरिद गरिएको एक रोपनी जग्गा गलेश्वर शिव गुठीको नाउँमा छ ।
तर मालपोत कार्यालयको रेकर्डअनुसार भने विभिन्न स्थानमा गरी एक सय ६४ रोपनीभन्दा धेरै जग्गा देखिएको छ । हराएका हराइहाले, भएकालाई जोगाउनु न भन्ने खालको प्रतिकृया पाएको अध्यक्ष रेग्मीले बताउनुभयो । बेनी नगरपालिका–४ आंगे बजर नजिक शिव गुठीको जग्गा रहेकोमा स्थानीय चक्रबहादुर केसीले आफ्नो बनाएका हुन् अध्यक्ष रेग्मीले भन्नुभयो ।
टिप्पणीहरू