बजेटबारे सल्लाह गर्न अर्थमन्त्री बूढानीलकण्ठमा

बजेटबारे सल्लाह गर्न अर्थमन्त्री बूढानीलकण्ठमा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बजेट परामर्श गर्नुभएकाे छ । मन्त्रालयले आर्थिक वर्ष ०८२/०८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेण्डर) तयार पारेर धमाधम काम गरिरहेका बेला बूढानिलकण्ठ पुगेर अर्थमन्त्रीले देउवाको राय लिनुभएको हो । 

सोक्रममा मन्त्री पौडेलले जेठ १ गतेसम्म बजेट वक्तव्यको मस्यौदा तयार हुने र जेठ १० गते राष्ट्रपतिसमक्ष पेश गरिने अवगत गराउनुभएको थियो । सभापति देउवाले पनि आर्थिक सर्वेक्षणबाट बजेट तयार पार्न सल्लाह दिएको बताइन्छ । 

बजेट क्यालेण्डर अनुसार जेठ १४ गते अर्थमन्त्री पौडेलले बजेट वक्तव्यबारे मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगमा ब्रिफिङ गर्ने कार्यतालिका छ । जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण गरिनेछ ।

टिप्पणीहरू