‘महाकवि देवकोटा पुरस्कार’ बाट पाँच स्रष्टा पुरस्कृत हुँदै

‘महाकवि देवकोटा पुरस्कार’ बाट पाँच स्रष्टा पुरस्कृत हुँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । ‘महाकवि देवकोटा पुरस्कारको मापदण्ड तथा कार्यविधि, २०६८’ बमोजिम उनीहरुलाई ‘महाकवि देवकोटा पुरस्कार’ ले सम्मान गर्न लागिएको जनाएको छ । 

कास्कीका तीर्थ श्रेष्ठलाई कविता, चितवनका लक्ष्मण गौतमलाई निबन्ध, रेशम घिमिरे ‘विरही’ लाई भाषा साहित्य सेवा, काठमाडौंका नारायण ढकाललाई गद्याख्यान–नाटक र कल्पना प्रधानलाई बालसाहित्य–लोकसाहित्य विधामा पृरस्कृत गरिने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए । 

हिजोको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको उल्लेख गर्दै उनले पुरस्कार समर्पणको अन्य विवरण पछि सार्वजनिक गरिने जानकारी दिए ।

टिप्पणीहरू