ब्रम्हले देखेको लेख्न प्रधानमन्त्रीको आग्रह

ब्रम्हले देखेको लेख्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीहरुलाई ब्रह्मले देखेको लेख्न आग्रह गर्नुभएको छ । उहाँले गोरखापत्र दैनिकको १२५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देखेको कुरा लेख्न पत्रकार र मिडिया स्वतन्त्र रहेको उल्लेख गर्नुभयो । 

राणाकालमा स्थापित गोरखापत्रमा पछिल्लो समय स्वतन्त्रता कायम भएको दाबी गर्नुभएको छ । भन्नुभयो, ‘हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेको गोरखापत्र आज स्वतन्त्र छ ।’ 

उहाँले सरकारको मुखपत्र भनेर चिनिने गोरखापत्रको व्यवस्थापनलाई परिवर्तनलाई व्यवहारिक रुपमा अंगिकार गर्न पनि सुझाव दिनुभयो ।
 

टिप्पणीहरू