गलत नीतिका कारण अमेरिका आफैँ अप्ठेरोमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गलत पैठारी नीतिका कारण स्वयम् अमेरिका अप्ठेरोमा पर्ने चेतावनी दिइएको छ । सिएनएन एन्कर फरिद जकारियाले ट्यारिफ नीतिले अमेरिकालाई धनीभन्दा ‘गरिब बनाउन’ सक्ने विश्लेषण गरेका छन् ।
विदेश मामिला स्तम्भकारसमेत रहेका जकारियाले वासिङ्ग्टन पोष्टमा लेखेका छन् ‘विश्वका दुई ठूला अर्थतन्त्रमा ट्रम्प प्रशासनको कर नीतिले असर पारेको छ । तर,धेरै असर अमेरिकालाई पर्ने देखिँदै छ ।’
उनको विश्लेषणमा यो असरले अमेरिकालाई समृध्दितर्फ भन्दा गरिबीमा धकेल्ने छ । गलत नीतिका कारण यो वर्ष अमेरिकाको कूल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशतले कमी आउने अनुमान छ । त्यसैगरी आगामी वर्षहरुमा खर्बौं डलर सम्पत्तिको क्षति व्यहोनुपर्छ ।
अहिलेको अवस्थाले चीनलाई उच्चस्तरीय कम्प्युटर चिप आयातलाई घटाउँदै आफैँ उत्पादन गरेर निर्यात मुलुक बन्न सक्छ । प्रविधिमा वासिङ्ग्टनको महँगो र बोझिलो प्रतिबन्धले मात्र चीनलाई नयाँ आविष्कार र द्रुत अनुयायी बन्न प्रेरित गरेको छ ।
टिप्पणीहरू