स्कुलको गेटमा मृत भेटियो मृग
चितवनको एक विद्यालयको गेटमा जंगली मृग मृत भेटिएको छ ।
आज बिहान करिब साढे आठ बजेतिर भरतपुर–१ देवघाटस्थित सिताराम संगीत माध्यमिक विद्यालयको फलामे गेटमा अड्किएर मृग मृत अवस्थामा फेला परेको हो । सो सम्बन्धी सूचना पाउनासाथ अस्थायी प्रहरी पोस्ट देवघाटबाट प्रहरी सहायक निरीक्षक जितेन्द्र मिश्रको टोली त्यहाँ पुगेको थियो ।
वनका कर्मचारीलाई घटनाबारे जानकारी गराइएको छ ।
टिप्पणीहरू