खाना पकाउने ग्यास लिकपछि आगलागीमा दाजु र बहिनीको मृत्यु

खाना पकाउने ग्यास लिकपछि आगलागीमा दाजु र बहिनीको मृत्यु

कपिलवस्तुमा खाना पकाउने क्रममा ग्यास लिक भएपछि आगो लाग्दा दाजु र बहिनीको निधन भएको छ । शुद्धोधन गाउँपालिका ५, जयनगरामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट ग्यास लिक भएको बताइएको छ ।

हिजो बिहानको दुर्घटनामा घाइते भएका २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको उपचारका लागि भैरहवाबाट गोरखपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शिवकुमारको शरीरका ८५ प्रतिशत र सोनमको शरीरका ७५ प्रतिशत जलेको अवस्थामा भैरहवास्थित मेडिकल कजेजमा उपचारका लागि लगिएको थियो । 

मृतक सोनम राष्ट्रिय उच्च मावि मुडफुटुवाको कक्षा १० को विद्यार्थी भएकाले उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ ।

टिप्पणीहरू