प्रदेश सांसदको ग्याजेट्स र स्वकीय सचिवमा अख्तियारको नजर

प्रदेश सांसदको ग्याजेट्स र स्वकीय सचिवमा अख्तियारको नजर

मधेश प्रदेशका सांसद सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमारलाल कायस्थ समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो दिउँसो सिंहको घरमा छापा मारेर उनले प्रयोग गर्ने मोबाइल, ल्यापटप नियन्त्रणमा लिएको थियो ।

त्यसपछि स्वकीय सचिव कायस्थलाई पनि नियन्त्रणमा लिएको थियो । अख्तियारका अनुसार प्रदेश सांसद सिंहले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई ती समितिका खातामा भएको रकम स्वकीय सचिव कायस्थमार्फत झिकेर आफ्नो र पत्नीको खातामा जम्मा गर्न लगाएको उजुरी परेपछि हिजो छापा मारेर नियन्त्रणमा लिएको हो ।

सिंह जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद हुन् ।

टिप्पणीहरू