भोटोजात्राअघि रातो मच्छिन्द्रनाथको रथयात्राबारे छलफल
यो वर्ष रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाईंदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइने अवसरमा काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने प्रचलन छ ।
त्यसअघि रथलाई तानेर भोलि जावलाखेल पुर्याउने कार्यक्रम छ । इटीचोकबाट जावलाखेलसम्म रथ तान्ने र आइतबारको भोटोजात्रा बारेमा ललितपुर महानगरपालिकामा छलफल गर्न लागिएको छ ।
बिहान ११ बजे मेयर चिरिबाबु महर्जनको कार्यकक्षमा हुने छलफलमा सरोकारवालाहरु सबैलाई बोलाइएको बुझिएको छ ।
टिप्पणीहरू