क्याबिनेट बैठकअघि पुष्पवृष्टि
राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको अवसरमा आज विभिन्न कार्यक्रम गरेर उत्सव मनाईंदै छ । प्रदेश र स्थानीय सरकारले र्यालीसहित गणतन्त्र दिवस मनाउँदैछन् भने संघीय सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।

तीन दिनसम्म गणतन्त्र दिवस मनाउने सरकारी घोषणाबमोजिम राजधानीको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सहभागिता छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित मन्त्रीहरु, सांसद, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गराएपछि सुरु भएको कार्यक्रममा शान्तिको प्रतिक परेवा पनि उडाइएको छ । कलाकारहरुले देशभक्ति गीतमा प्रस्तुती दिइरहेका छन् ।
समारोहस्थलबाट प्रधानमन्त्री ओली सोझै सिंहदरबार जाने कार्यक्रम छ । दिउँसो ३ बजेको बजेट भाषणअघि उहाँको अध्यक्षतामा क्याबिनेट र राष्ट्रिय योजना आयोगको बैठक बस्दैछ ।
टिप्पणीहरू