राजावादी जुलुस रत्नपार्क पुग्दै, सांसदहरु नयाँ बानेश्वर जाने

राजावादी जुलुस रत्नपार्क पुग्दै, सांसदहरु नयाँ बानेश्वर जाने

राजा फर्काउन सडकमा उत्रिएका राजावादीहरु काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भेला भएर कार्यक्रमस्थल रत्नपार्कतर्फ अघि बढेका छन् । 

सोह्रखुट्टे, टेकु, चावाहिल, कोटेश्वर लगायत विभिन्न सात स्थानबाट निस्किएको जुलुस टुँडिखेल परिक्रममा गरेर रत्नपार्क पुग्ने बताइएको छ । चावहिलबाट निस्किएको जुलुसको नेतृत्व 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी र राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका छन् ।

मैतीदेवीबाट निस्किएकाे जुलुसको अगुवाई राप्रपाका राजेन्द्रप्रसाद लिङ्गदेनले गरे भने सोह्रखुट्टेको समूह ज्ञानबहादुर शाही नेतृत्वमा अघि बढेको छ । विक्रम पाण्डे, धवल शमशेर राणाहरु भने कार्यक्रमस्थलमा पुगिसकेका छन् । 

राप्रपाका सांसदहरु प्रदर्शन अवधिभर रत्नपार्कमा रहने छैनन् । आज संसदमा बजेट पेश हुन लागेका लिङ्गदेनसहितका नेताहरु अपराह्न ३ बजे नयाँ बानेश्वरस्थित संसद भवन पुग्ने तयारीमा छन् । 

उता गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले)का नेता-कार्यकर्ता पनि नारा जुलुससहित भृकुटीमण्डप पुगेक छन् । त्यहाँ कोणसभापछि कार्यक्रम समापन गर्ने तयारी छ ।

टिप्पणीहरू