१५ मीनेटमै गृहको काम तमाम

१५ मीनेटमै गृहको काम तमाम

गृह मन्त्रालयमा आज पनि मुलुकको शान्ति सुरक्षाको पछिल्लो अवस्थाबारे छलफल गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बिहान बसेको बैठकमा राजावादीहरुको जारी आन्दोलन, यातायात व्यवसायीहरुको विरोध प्रदर्शनलगायत विषयमा चर्चा भएको बुझिएको छ । 

बिहान सवा ९ बजेदेखि साढे ९ बजेसम्म बसेको बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी,नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा,राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायतको उपस्थिति थियो ।
 

टिप्पणीहरू