‘राइड सेयरिङ’ को विरोधमा माइतीघरमा नाराबाजी

‘राइड सेयरिङ’ को विरोधमा माइतीघरमा नाराबाजी

सार्वजनिक यातायात व्यवसायीहरुले गरेको विरोध प्रदर्शनका कारण राजधानीको यातायात प्रभावित भएको छ । ‘राइड सेयरिङ’ को विरोधमा गण्डकी प्रदेशबाट भएको प्रदर्शन राजधानी केन्द्रित गरिएको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि व्यवसायीहरुले विरोध गरेका हुन् । उनीहरुले पहिलो दिन शुक्रबार गण्डकी प्रदेश केन्द्रित सार्वजनिक यातायात ठप्प कार्यक्रम गरेका हुन् ।

हिजोदेखि राजधानीमा प्रदर्शन गरेका छन् । आज बिहान ११ बजेदेखि गरिएको प्रदर्शनका कारण माइतीघर, बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको हो । सरकारले ‘राइड सेयरिङ’ कानुन फिर्ता नगरे देशभर सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।
 

टिप्पणीहरू