गृहको वार्ता निश्कर्षविहीन बनेपछि यातायात व्यवसायीहरु प्रधानमन्त्री कार्यालयमा
‘राइड सेयरिङ’को विरोध गर्दै मुलुकभर सार्वजनिक यातायात बन्द गरेका यातायात व्यवसायीहरुले मुख्य सचिवसँग भेटवार्ता गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय सघर्ष समितिका संयोजक तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरलगायत १० जनाको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मुख्य सचिव एकनारायण अर्यालसँग दिउँसो भेट गरेको हो ।
दिउँसो १ बजेदेखि झण्डै एक घण्टा भएको कुराकानीबारे केही बताइएको छैन । यसअघि उनीहरु वार्ताका लागि गृह मन्त्रालय पुगेका थिए । वार्तामा गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरेको छ ।
गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले यातायात व्यवसायी तथा मजदुरसँग गृहमा छलफल गरेका हुन् । समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयका आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने बताइएको छ ।
टिप्पणीहरू