सिंहदरबारमा भेला, संसद भवन बाहिर धर्नाको तयारी

सिंहदरबारमा भेला, संसद भवन बाहिर धर्नाको तयारी फाइल फाेटाे

निजामती कर्मचारीहरुले आज बिहान संसद भवन बाहिर धर्ना दिने भएका छन् । प्रस्तावित निजामती विधेयकको विरोध गर्दै आएका उनीहरु सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेला भएर साढे १० बजे संसद भवनको पश्चिम गेट, नयाँ बानेश्वरमा धर्ना बस्न जाँदैछन् ।

निजामती सेवामा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरूको संयोजनमा विरोध कार्यक्रम हुन लागेको बताइएको छ । उनीहरुले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

टिप्पणीहरू