प्राविधिक अधिकृतको लिखित परीक्षामा सबै फेल
कोशी प्रदेश लोक सेवा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थी फेल भएका छन् । प्रदेश निजामती सेवाअन्तर्गत सातौं तहको एक प्राविधिक अधिकृतका लागि लिइएको लिखत परीक्षामा सहभागी पाँचै जना फेल भएका हुन् ।
परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये एउटैले पनि न्यूनतम उत्तीर्णाङ्क प्राप्त गर्न नसकेको आयोगको भनाइ छ । सूचनामा भनिएको छ, ‘प्रदेश निजामती सेवाअन्तर्गत आयोगबाट देहायको विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये कुनै पनि उम्मेदवारले न्यूनतम उत्तीर्णाङ्क प्राप्त नगरेको व्यहोराका जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
टिप्पणीहरू