नियुक्तिमा कैफियत,पेसीमा आशंका
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले छ महिनापछिलाई पेसी तोकेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाईका लागि आगामी मंसिर १ गतेको मिति दिइएको छ ।
यसअघि अस्ति न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त मुद्दालाई अग्राधिकार दिएको थियो । तर,सो आदेशबाट ‘रणनीतिक’ हिसाबले केही समय जोगाउने उद्देश्यलाई सहयोग पुग्ने पक्का छ ।
तोकिएको शैक्षिक योग्यता र अनुभव नपुगेको भन्दै ओझाको नियुक्तिविरुद्ध गत चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले रिट दायर गरेकी थिइन् । उक्त मुद्दामा नियुक्ति दिन लिइएका आधारसम्बन्धी कागजात झिकाइसकिएको छ । उता अख्तियारले पनि अनुसन्धान थालेको छ ।
टिप्पणीहरू