अखिल नेतृत्वकाे लागि माहौल तात्दै
एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन आज काठमाडौंको कीर्तिपुरमा शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरिसक्नुभएको छ ।
पार्टीले नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि अहिले माहौल एक्कासी तातेको छ । अखिलको हिजो बसेको १८ औं सचिवालय बैठकले नौ सदस्यीय पदाधिकारी, ५१ सदस्यीय सचिवालय सदस्य, १५१ केन्द्रीय कमिटी हलबाट निर्वाचित हुने र चार वटा आयोग (अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरु) हुने निर्णय गरेको छ ।
३२ वर्ष उमेर हदका कारण वर्तमान अध्यक्ष समिक बडाल, उपाध्यक्षहरु नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी, महासचिव नरेश रोकाय र सचिवहरु सञ्जीव धिताल, दीपेश प्रसाईँ, आशीर्वाद सुवेदी, विनिता काफ्ले, मनोज ताम्ली र कोषाध्यक्ष संगम अर्याल बाहिरिँदै छन् ।
अब पदाधिकारीबाट भावी नेतृत्वका लागि सचिवबाट दीपक धामी, प्रकाश पौडेल, अञ्जना शिवाकोटी, आरती भट्टराई, सुजन कडरिया मात्र उमेर हदका कारण प्रतिस्पर्धा गर्न पाउँछन् । उनीहरूमध्ये एक जना अखिलमा अध्यक्ष बन्नेछन् । अन्तिमसम्म धामी र पौडेलबीच रस्साकस्सी हुने देखिन्छ । अध्यक्षका दौडमा सबैभन्दा सशक्त दावेदार दिपक धामी रहेको बताइन्छ ।
सुदूरपश्चिमका धामीले काठमाडौं, बौद्धको स्तुपा कलेजबाट एचए गरेपछि पूर्वाञ्चल विश्वविद्यालयबाट बिपिएच अध्ययन पूरा गरेका छन् । अहिले त्रिभुवन विश्वविद्यालय पि.एन क्याम्पसमा अध्ययनरत छन् । धामीेले डोटीको शिखर नगरपालिकास्थित सीताराम उच्च मावि कक्षा ८ मा (२०६१) पढ्दादेखि नै अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका हुन् ।
काठमाडौं आएपछि स्तुपा कलेज बौद्धको क्याम्पस कमिटीमा सदस्य हुँदै दुई कार्यकाल (२०६६ देखि २०६८) अध्यक्षको जिम्मेवारीमा रहे । त्यसपछि सिटिइभिटि राष्ट्रिय कमिटीको सहसचिव (२०६९) र अध्यक्ष (२०७०) बने । स्तुपा कलेजको स्ववियुमा (२०७१) दुई पटक सभापति समेत भएका थिए । अनेरास्ववियुको २२ औं महाधिवेशनबाट (२०७२) नवीना लामा अध्यक्ष हुँदा धामी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
त्यसपछि २०७८ मा कमिटी पुनर्गठन हुँदा स्थायी कमिटी सदस्य भए । २०७९मा अनेरास्ववियुको २३ औं महाधिवेशनबाट केन्द्रीय सचिव निर्वाचित भएका थिए । त्यसबीचमा धामीले डोटी–काठमाण्डौ सम्पर्क मञ्चको सदस्य, सचिव (दुई कार्यकाल) र अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका धामी, नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा (२०७८, चितवन) कान्छा प्रतिनिधिका रूपमा चयन भएका थिए । धामि डोटी जिल्लाबाट प्रतिनिधित्व गरेर चितवन आएका थिए ।
अध्यक्ष आकांक्षी धामी भन्छन् “स्कुलमा पढ्दै गर्दा अनेरास्ववियुको गतिविधि र विद्यार्थीको हक, हित र अधिकारको लागि काम गरेको देखेर नै संगठनमा आवद्ध भएको हुँ । जुन दिनदेखि अनेरास्ववियुमा आवद्ध भए, सोही दिनदेखिको निरन्तर क्रियाशिलताले गर्दा नै आज यहाँसम्म आइपुगेको छु । साथीहरुको सरसहयोग र साथ पाएँ भने, संगठनको नेतृत्व गरेर विद्यार्थीहरुको समस्या समाधान गर्न दिलोज्यान दिएर लाग्नेछु ।’
सचिवको जिम्मेवारीमा रहँदा उनले संगठनको संरचना सुदृढ गर्ने अभियान सञ्चालन, योजना बनाउने र कार्यान्वयन गराउने सम्म, व्यवस्थापन, समन्वय र कार्यकर्ता परिचालनमा कुशल नेतृत्व प्रदर्शन गरेको बताइन्छ । गत वर्ष अनेरास्ववियुले गरेको विद्यार्थी महोत्सव २०८१ सफल बनाउनेमध्येका एक थिए । उनले ‘डिबेट एण्ड डायलग’ कार्यक्रमको संयोजन समेत गरेका थिए । विभिन्न पार्टीका शीर्षस्थ नेताहरु, शिक्षाविद, आइटीका जानकार आदि व्यक्तिहरु ल्याएर सो कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरेका थिए । जसले गर्दा उनको राजनीतिक र सामाजिक हाइट ह्वातै बढेको थियो ।
एमाले महाधिवेशनका सबैभन्दा कान्छा प्रतिनिधि !
नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा (२०७८, चितवन) कान्छा प्रतिनिधिका रूपमा चयन भएका थिए । धामी डोटी जिल्लाबाट प्रतिनिधित्व गरेर चितवन आएका थिए ।
कसको साथ, कसलाई ?
उपाध्यक्षहरु धर्म गिरि, गोविन्द गिरि नारायण घर्ती र मर्यादा विष्टले त दिपक धामीलाई अघि सारेका छन् । कुशल संगठक, उच्चतम क्षमता र योग्यता हुदाँहुदै पनि उमेरहदको कारण नेतृत्वको दौडबाट बाहिरिन पुगेका केन्द्रीय सचिव सञ्जीव धिताल, मनोज ताम्ली, बिनिता काफ्ले, आर्शिवाद सुवेदीलगायतले समेत दिपक धामीलाई साथ दिने संकेत गरेका छन् । अखिलका एक स्थायी कमिटी सदस्य नाम नबताउने शर्तमा भन्छन् “नेतृत्व चयनसम्म एकाध पदाधिकारी बाहेक सबै दिपकलाई सहयोग गर्छन् होला, त्यहि वातावरण बनिरहेको छ ।’
स्थायी कमिटी सदस्यका अनुसार, अखिल महासचिव ‘नरेश रोकायाले सुजन कडरियालाई साथ दिएको जस्तो देखाएका छन् । तर उनले अन्तिममा प्रकाश पौडेललाई नै साथ दिन्छन् ।’ नरेशले प्रकाश बाहेक अरुलाई बोक्नै सक्दैनन । किनभने नरेश र प्रकाश व्यावसायिक पार्टनर समेत हुन् । कोरानाकालअघिनै म्याग्दी कोरोला नामक बस सञ्चालन गरेर अन्य ठाँउमासमेत साझेदारीमा लगानी गरेको कारण उनीहरु बाहिर जे जस्तो देखिए पनि अन्तिममा एकै ठाउँमा हुने छन् ।’ नरेश निकट स्थायी कमिटी सदस्यले जानकारी दिँदै भने, ‘उनीहरु आजदेखि होइन विगत १५ वर्षभन्दा अघिदेखि सँगै छन् ।’
पदाधिकारी तथा केन्द्रीय सदस्यमा को–को छन् आकांक्षी ?
पदाधिकारीमा सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, विदेश विभाग प्रमुख स्मृति बराल संगठन विभाग प्रमुखमा आकाश घर्तीमगर, प्रकाश विस्ट, चक्रवर्ती ल क्याम्पसका बिहानी पँगेनी, आर.के. रोमस, युवा इञिजनियर सुभाष सुवेदी, टपराज ओझा, नितेश लामिछाने, सिद्धान्त भट्ट, सुजिता धिताल, प्रशान्त भण्डारी, गोपाल नेपाल, आरपि यादव, किरण काफ्ले, नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष समिर रिजाल, नेपाल कर्मश क्याम्पस स्ववियु अध्यक्ष विशाल रोका ।
त्यस्तै अस्कल क्याम्पस स्ववियु अध्यक्ष रुद्रहरी पोखरेल, पिएनका स्ववियु अध्यक्ष विष्णु पोखरेल, आरआरका नेता, मदन भण्डारी, जन्मराज उपाध्याय, महेन्द्ररत्नका स्ववियु अध्यक्ष ईश्वर थापा, स्मृती अधिकारी, चितवनकी रचना सापकोटा, प्रतिमा क्षेत्री, दाङ इन्चार्ज भीमा डि.सि, रेखा थापा, सुनिता थापा, सुमन घिमिरे, श्रीजा, ढकाल, प्रज्ञा ज्ञावली, शंकरदेवको मुना तिवारी, नेपाल कर्मश क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, मनोज राई, राजेश वली, रोहित बम, प्रेमिका राज्यलक्ष्मी शाही, धर्मशिला रोकाया, रुपा कठायत, अभि मैनाली, अनिल भुसाल आदि लबिङमा लागेको अधिवेशनस्थलमा चर्चा गर्न थालिएको छ ।
टिप्पणीहरू