दुई दर्जन जिल्ला बाढीको जोखिममा
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले दुई दर्जन जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा पर्ने ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम देखिएको उल्लेख गर्दै महाशाखाले सतर्कता अप्नाउन सुझाव दिएको हो ।
आज इलाम, तेह्रथुम, पाँचथर, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, उदयपुर, संखुवासभा, खोटाङ, रामेछाप, कास्की, लमजुङ, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव बढ्ने महाशाखाले जानकारी दिएको छ । त्यसैगरी, महाशाखाले सात वटा जिल्लामा ‘एल्लो वारेन्ट’ जारी गरेको छ ।
जसमा दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट रहेको छ । ‘एल्लो वारेन्ट’ ले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहने संकेत गर्दछ । महाशाखाका अनुसार आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र त्यसका सहायक नदीमा जलसतह घटबढ भइरहने छ ।
टिप्पणीहरू