सरकारसँग सुशासन माग्ने काँग्रेसको तयारी
सत्तारुढ नेपाली काँग्रेसले मुलुकमा सुशासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने भएको छ ।
गृह, परराष्ट्रसहित महत्वपूर्ण १० वटा मन्त्रालय लिएर सरकारमा सहभागी सो पार्टीको राज्य प्रशासन विभागले सुशासनबारे सरकारलाई घच्घच्याउन लागेको हो । विभाग प्रमुख गोविन्द भट्टराईको संयोजकत्वमा आज बसेको बैठकले देशमा सुशासन कायम हुन नसकेको निचोड निकालेको छ ।
आम नागरिकबाट व्यापक गुनासो आइरहेकोले सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको विभागले जनाएको छ । साथै, आन्दोलनरत कर्मचारीहरुले उठाएका माग सम्बोधन हुनेगरी संघीय निजामती सेवा ऐन ल्याउन पनि माग गरिएको छ ।
विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनरत तीनै तहका कर्मचारीले उठाएका जायज मागहरु सम्बोधन गरी निजामती सेवा ऐन यथाशीघ्र जारी गरियोस् ।’ राज्य प्रशासनका समस्या र समाधानका उपायहरुबारे यथाशीघ्र अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयसमेत विभागले गरेको छ ।
टिप्पणीहरू