बिहान ‘वेपत्ता’ बनेका डाक्टरको दिउँसाे उद्दार
सामाजिक सञ्जालमा लामो ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहिन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् ।
रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. श्रेष्ठ काठमाडौंको तारकेश्वरमा फेला परेका हुन् ।
उनको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले बताए । ‘उहाँलाई तारकेश्वरबाट सकुशल उद्दार गरिएको छ’,उनले भने । दुई वर्षभन्दा लामो समयदेखि सो अस्पतालमा कार्यरत डा. श्रेष्ठ आज बिहान फेसबुकमा ‘सबै जनालाई अलबिदा’ लेखेर बेपत्ता भएका थिए ।
त्यसपछि परिसर, केन्द्रीय साइबर ब्यूरोलगायतले उनको खोजी अगाडि बढाएको थियो । हाल प्रहरीले उनलाई भद्रकाली ल्याइरहेको छ ।
टिप्पणीहरू