मलेसियाका राजदूतलाई जिम्मेवारी थप
राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका आवासीय राजदूत डा.नेत्रप्रसाद तिम्सिनालाई थप जिम्मेवारी तोक्नुभएको छ ।
उनलाई फिलिपिन्ससमेत हेर्नेगरी जिम्मेवारी थप गरिएको हो ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तिम्सिनालाई फिलिपिन्सका लागि नेपालको गैरआवासी राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू